आइतवार, आश्विन २५ गते २०८३

यस कारण बस्दैछ कांग्रेस संसदीय दलको बैठक 

मंगलवार , भाद्र २२, २०७८

काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ। 

दिउँसो २ बजे संसद भवनको ल्होत्से हलमा बस्ने गरी संसदीय दलको बोलाइएको कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले जानकारी दिइन्। भोलिदेखि सुरु हुने संसद अधिवेशनमा प्रस्तुत हुने रणनीति बनाउन बैठक बस्न लागको हो। 

सचेतक भुसालका अनुसार दलको बैठकमा संसदमा सत्तारुढ दलका सांसदले खेल्नुपर्ने भूमिका, बजेट, अध्यादेश लगायतका विषयमा सांसदहरुलाई जानकारी दिने, छलफल गर्ने र आगामी रणनीतिका बिषयमा छलफल हुने छ। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार