बुधवार, आश्विन १४ गते २०८३

श्रम संस्कृति पार्टीलाई २५ हजार जरिवाना

बिहिवार , फाल्गुण १४, २०८२

काठमाडौं । निर्वाचन आयोगले श्रम संस्कृति पार्टीलाई २५ हजार रुपियाँ जरिवाना गर्ने निर्णय गरेको छ । उक्त दलले निर्वाचनमा बालबालिका प्रयोग देखिने श्रव्यदृश्य सामग्रीसमेतको उजुरी आयोगमा परेको थियो । 

उक्त कार्य निर्वाचन आचारसंहिता विपरित रहेको बताउँदै आयोगले उक्त जरिवानाको निर्णय गरेको हो ।

आयोगले सम्बन्धित दलबाट निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ को खण्ड (छ) र ऐ, आचारसंहिताको दफा १३ को उपदफा (१) को खण्ड (घ) को उल्लङ्घन गरेको बताएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार