शनिवार, आश्विन २४ गते २०८३

सभामुखविरुद्ध परेको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अश्विकार

मंगलवार , भाद्र २२, २०७८

काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटा विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अश्विकार गरेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध रिट दायर गरेका थिए। उक्त रिटमा सार्वेच्चले अन्तरिम आदेश जारी नगरी भदौ २८ गते दुबै पक्षलाई छलफलका लागी बोलाएको   छ।

एमालेले १४ सांसदलाई दलबाट निष्कासन गरेको कारबाहीलाई सभामुखले मान्यता नदिएपछि अध्यक्ष ओलीले त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। पार्टीले २५ साउनमै सांसदहरुलाई दलबाट निष्कासन गरेको र सो निर्णय कार्यान्वयनका लागि संसदलाई भदौ १ मा जानकारी गराएको भएपनि सभामुखले कानुन बमोजिम प्रक्रिया अवलम्बन नगरेको भन्दै सभामुखको निर्णय बदर गर्न रिटमा अन्तरिम आदेश माग गरेका थिए।

मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासले अन्तरिम आदेश नदिई, अन्तरिम आदेश दिने वा नदिने विषयमा छलफलका लागि भदौ २८ गते दुबै पक्षलाई बोलाएको बहसमा सहभागी हुन आदेश दिएको छ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार