काठमाडौं। कर्णाली प्रदेशमा स्थानीय तहका ३५२ जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन्। प्रदेशका १० जिल्लाका ३५२ जना जनप्रतिनिधिले मंगलबार साँझसम्म एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन्।
निर्वाचन आयोगको कर्णाली प्रदेश कार्यालयका अनुसार समाजवादी रोज्ने जनप्रतिनिधिहरुमा सल्यानका सबैभन्दा धेरै अर्थात् ७६ जना छन्। सल्यानको सिद्धकुमाख गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चलाउने, कपुरकोट गाउँपालिकाबाट उपाध्यक्ष तीला बुढासहित ७६ जनाले एकीकृत समाजवादी रोजेको समाजवादीका जिल्ला सचिव रमेश गौतमले जानकारी दिए।
त्यहाँ स्थानीय तहको निर्वाचनमा एमालेका १४२ जना जनप्रतिनिधि निर्वाचित भएका थिए। सल्यान एकीकृत समाजवादीका कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वालाको गृह जिल्ला हो।