जो कोही पुरुस ह्याण्डसम देखिन चाहान्छन् । तर, धेरै कुराले यस्तो हुन सकेको हुदैन। त्यसकारण के कुरा चाँही महत्व छ त ? जुन तपाईलाई ह्याण्डसम भएर हिड्नमा। जान्नुहोस..........
१) अनुहारको छालामा विशेष ध्यान दिनुहोस । साबुनको प्रयोग गर्नुभन्दा फेसवासको प्रयोग गर्नुहोस् । समयसमयमा अनुहारको मसाज गराउनुहोस् । यसले अनुहारमा चमक दिने काम गर्छ ।
२) हप्तामा दुई तीनपटक कपालमा स्याम्फुको प्रयोग गर्नुहोस् र कपालको लम्बाइ राम्रो सँग मिलाएर कपाल काट्नुहोस् । आइब्रो मोटो छ भने सेप दिने काम गर्नुहोस् ।
३) सेभिङ गर्नु आवश्यक छ । अनुहारमा फोहोर जम्मा हुन नदिन पनि सेभिङ गर्नुहोस् । यदी दाह्री पाल्न चाहानु हुन्छ भने ट्रिमिङमा ध्यान दिनुहोस् । आफ्नो अनुहारको रुप अनुसार दाह्रीलाई मिल्दो सेप दिनुहोस् । यसले तपाई आकर्षक देखिनु हुन्छ ।
४) नङमा पनि बारम्बार ध्यान दिनुहोस् । नङ धेरै दिनसम्म नपाल्नुहोस् । समय समयमा काटिरहनुहोस् । पुरुषको लामो नङले गलत अर्थ दिने गर्छ ।
५) हात तथा खुट्टको छाला नरम गर्नका लागि सफाई र मोस्चराइजरमा ध्यान दिनुहोस् । जब हात, अनुहार, खुट्टा धुनुहुन्छ, त्यसपश्चात मोइस्चराइजर अवश्य लगाउनुहोस् । यसले तपाईको छाला नरम बनाइराख्छ भने आकर्षक देखिन मदत गर्छ ।