आइतवार, आश्विन २५ गते २०८३

पुर्व प्रधानमन्त्री ओलीको यो कस्तो हठ ? भन्छन्, माधव नेपालहरु उपस्थित भए संसद चल्न दिन्न !

बुधवार , भाद्र २३, २०७८

काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपालसहित पार्टीको कारबाहीमा परेका १४ सांसद उपस्थित भए संसद चल्न नदिने बताएका छन्।

आज बसेको संसदिय दलको बैठकमा राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेर सुनाए लगत्तै संसदीय दलको बैठकमा ओलीले भने, ‘हामी गम्भीर राजनीतिक लडाइमा छौ ।’ 

एमालेले कारवाही गरेका माधव नेपालसहितका १४ सांसदलाई मान्यता दिएर अर्को पार्टी गठन नै हुन नसक्ने दावी गर्दै उनले भने, ‘यसरी हाम्रो पार्टीका विरुद्धमा षडयन्त्र गरेको हुनाले र हाम्रो पार्टी फोडेको हुनाले सदन चल्ने स्थिति, समग्रतामा सदन नै चल्ने स्थिति रहेन।’ अध्यक्ष तथा एमाले संसदीय दलका नेता समेत रहेका ओलीले संसद चल्न नदिन आफ्ना सांसदहरुलाई निर्देशन समेत दिएका छन्।  

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार