काठमाडौं। डडेलधुरामा कांग्रेस कार्यकर्ताविच कुटाकुट भएको छ। क्रियाशिल सदस्यता सदस्यता सार्वजनिक गरिएपछि असन्तुष्ट कार्यकर्तावीच बुधबार कुटाकुट नै भएको हो। जिल्ला कार्यसमिति बैठकमा विवाद हुँदा कार्यालयमै कार्यकर्ताबीच कुटाकुट भएको हो। सातौँ जिल्ला अधिवेशनका लागि डडेल्धुरामा खटिएका निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले बैठक पुस्तिकामा हस्ताक्षर नगरेपछि सुरु भएको विवाद अन्तत: कुटाकुटमा परिणत भएको हो।
निर्वाचन अधिकृत तोकिएका बमले केन्द्रीय निर्वाचन समितिको निर्णयअनुसार भदौ २५ गते वडा अधिवेशनको मिति तोकेका छन्। तर, नेपाली कांग्रेस जिल्ला कार्यसमितिको बैठकले भने सातौं जिल्ला अधिवेशन स्थगित गर्ने निर्णय गरेको छ। यसले गर्दा कांग्रेस डडेल्धुरामा विवाद तीव्र बनेको छ।
नेपाली कांग्रेस डडेल्धुराका उपसभापति करुणाकर भट्टका अनुसार चार तहबाट प्रमाणित भएकाहरूको नाम हटाइएको छ। जिल्लाबाट केन्द्रमा पठाएको नाम हटाएको र केन्द्रबाट सिफारिस नै नभएका नम थपेर पठाइएपछि विवाद चर्किएको हो। देशभरका धेरै जिल्लामा वडा अधिवेशन धमाधम सम्पन्न भएपनि कांग्रेका सभापति सहित सभापतिमा आकांक्षी नेताहरुको जिल्लामै क्रियाशिल सदस्यता विवाद सकिएको छैन।