आइतवार, आश्विन २५ गते २०८३

संसद बैठकअघि सत्ता गठबन्धनको बैठक बस्दै, यस्तो छ कारण

बुधवार , भाद्र २३, २०७८

काठमाडौं। सत्तारुढ गठबन्धनको बैठक केहीबेरमा बस्दै छ। संघीय संसदको बैठकअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा ३ बजेका लागि सत्तारुढ गठबन्धनको बैठक बोलाइएको हो।

सत्तारुढ दलको तर्फबाट संसदमा कसरी प्रस्तुत हुने भन्नेबारे साझा रणनीति बनाउन बैठक आव्हान गरिएको जनाइएको छ। यस्तै संसदमा लैजाने एजेन्डालगायतका विषयमा पनि छलफल हुने बताइएको छ। 

आज राष्ट्रपतिको आह्वानमा अपराह्न ४ बजे संसद बैठक बस्दैछ। संसद बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल समित एमालले कारवाही गरेका सांसद उपस्थित भए संसद चल्न नदिने एमालेले चेतावनी दिएको छ। त्यअघि बस्न लागेको गठबन्धन बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायतका नेताहरुको सहभागिता रहनेछ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार