काठमाडौं। नेपाली कांग्रेसको सानेपास्थित केन्द्रीय कार्यालयमा नेपाल मुश्लिम संघले धर्ना दिएको छ। कांग्रेसमा आवद्ध नेपाल मुस्लिम संघले पार्टीको आगामी महाधिवेशनमा आफ्ना समूदायको प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै पार्टी केन्द्रिय कार्यालय सानेपामा धर्ना दिएको हो।
प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट आफूहरुलाई प्रतिनिधित्व सुनिश्चित हुने गरी निर्वाचन निर्देशिका सच्याउन पार्टी नेतृत्वलाई दबाब दिन आफूहरुले धर्नालगायतका आन्दोलनको कार्यक्रम सुरु गर्नु परेको संघका सभापति अब्दुल सतारले बताए। उनले आफूहरुको माग सम्बोधन नभएसम्म पार्टी केन्द्रिय कार्यालयको धर्ना कार्यक्रमलाई निरन्तरता दिने चेतावनी समेत दिए ।