काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङ अकस्मात जिल्ला प्रहरी परिसर ललितपुर पुगेका छन् । उनी शनिबार विहान आफैं गाडी चलाएर प्रहरी परिसर पुगेका हुन् ।
अहिले उनी परिसर ललितपुरकै रहेको सुरक्षा स्रोतले बतायो । उनी एक्कासी किन ललितपुर पुगे भन्नेबारे भने केही बताइएको छैन । आजै मात्रै जेनजी घटनामा जोडिएको आरोपमा ज्यान सम्बन्धी कसुरमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् ।
त्यसलगत्तै उनी परिसर ललितपुर किन पुगे भन्ने चासोका साथ हेरिएको छ ।