मंगलवार, आश्विन १३ गते २०८३

प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

मंगलवार , आश्विन १३, २०८३

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गरेका छन्। 

मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाह र राजदूत श्रीवातस्वबीच भेटवार्ता भएको हो। राजदूत श्रीवास्तवको कार्यकाल सकिँदै छ। उनी भारत फर्किन लागेका छन्। 

भारत फर्किनुअघि श्रीवास्तवले प्रधानमन्त्री शाहसँग बिदाइ भेट गरेका हुन्। प्रधानमन्त्री शाहले राजदूत श्रीवास्तवलाई बुद्धको मूर्ति प्रदान गरेका छन्। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार