बुधवार, आश्विन १४ गते २०८३

सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

आइतवार , चैत्र १५, २०८२

काठमाडौँ । सिन्धुपाल्चोक जिल्लाको नुल्थाला खर्क आसपास केन्द्रबिन्दु बनाएर गएराति भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार राति ११ बजेर ३५ मिनेटमा स्था ४.५ म्याग्निच्युडको भूकम्प गएको हो।

खानी तथा भूगर्भ विभागअन्तर्गतको केन्द्रले दिएको जानकारीअनुसार उक्त भूकम्पको केन्द्र सिन्धुपाल्चोकको नुल्थाला खर्क क्षेत्रमा परेको हो।

भूकम्पको धक्का काठमाडौँ उपत्यका लगायत आसपासका जिल्लामा समेत महसुस गरिएको थियो। हालसम्म मानवीय तथा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार