आइतवार, आश्विन २५ गते २०८३

काठमाडौंका यी स्थानमा प्रहरीको बाक्लो उपस्थिती, किन पारियो सुरक्षा व्यवस्था कडा?

बिहिवार , भाद्र २४, २०७८

काठमाडौं। आज काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ।

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमारको नेपाल भ्रमणलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ।

एमसीसीको विरोधमा प्रदर्शन हुन सक्ने भन्दै काठमाडौंका थापाथली, नयाँबानेश्वर, पुतलीसडक, माइतीघर, महाराजगञ्ज लगायतका स्थानमा सशस्त्र प्रहरी गणको टोली परिचालित भएका छन्।

अमेरिकी अनुदान सहयोग सम्बन्धी सम्झौता एमसीसीको विरोधमा केही दिनयता काठमाडौं उपत्यकामा दिनहुँजसो प्रदर्शन हुँदै आएको छ। नेपालमा एमसीसी परियोजना स्वीकार गर्ने कि नगर्ने भन्ने बहस भइरहेको बेला एमसीसीकी उपाध्यक्ष फतिमा सुमार बिहीबार नेपाल भ्रमणमा आउँदैछिन्।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार