आइतवार, आश्विन २५ गते २०८३

कांग्रेसको महामन्त्रीमा शर्माले उम्मेद्वारी घोषणा गर्दै, यी ३ चर्चित नेता एउटै पदमा भिड्ने

बिहिवार , भाद्र २४, २०७८

काठमाडौं। विश्व प्रकाश शर्मा अहिले नेपाली कांग्रेसका प्रवक्ता छन्। शर्मा १३औं महाधिवेशनमा केन्द्रीय कार्यसमिति सदस्य पदमा निर्वाचित भएका थिए। २५ जनाको लागि भएको खुला निर्वाचनमा शर्मा १४औं नम्बरमा रहेका थिए।

शर्मा नेपाल विद्यार्थी संघको दशौं सभापति हुन्। शर्मा २०५७ पुसमा संघको सभापतिमा निर्वाचित भएका थिए। शर्माले आज पार्टीको १४औं महाधिवेशनका लागि महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्दैछन्।

शर्माले आज बीपी कोइरालाको जन्मजयन्तीको अवसर पारेर उम्मेदवारी घोषणा गर्न लागेका हुन्। दिउँसो सुन्दरीजलमा कार्यक्रम आयोजना गरी उम्मेदवारी घोषणा गर्ने शर्माले बताएका छन्। कांग्रेसमा २ महामन्त्री निर्वाचित हुने विद्यामान प्रावधान छ। यसपटक ३ जना कांग्रेस युवा तथा चर्चित नेताहरु भिड्ने लगभग पक्का भएकोछ।

यसअघि कांग्रेसका चर्चित युवा नेता गगन थापाले भदौ १४ गते नै महामन्त्री पदमा उम्मेदवारी घोषणा गरिसकेका छन्। उनी तेह्रौं महाधिवेशनमा समेत महामन्त्रीको उम्मेदवार भएपनि पराजित भएका थिए।

थापासंगै प्रदीप पौडेलले पनि उम्मेद्वारी दिने संकेत गरिसकेका छन्।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार