आइतवार, आश्विन २५ गते २०८३

कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने विश्वप्रकाशको घोषणा

बिहिवार , भाद्र २४, २०७८

काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन्। १४औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घाषणा गरेका हुन्। वीपी स्मृति दिवसको अवसरमा सुन्दरीजलमा पुगेका शर्माले यस्तो घोषणा गरेका हुन्। 

१०८ औं बिपी जन्मजयन्तीको अवसरमा सुन्दरीजलमा रहेको बिपी संग्रहालय पुगेका शर्माले बिपी र गणेशमानको सालिकमा माल्यार्पण पनि गरे। त्यसपछि शर्माले  उपस्थित स्थानीय नेता तगा कार्यकर्तालाई सम्बोधन गर्दै आफू महामन्त्री उम्मेदवार हुने घोषणा गरेका छन्।

महामन्त्रीमा केन्द्रीय सदस्य गगन थापा र प्रदीप पौडेल पनि लड्ने तयारीमा छन्। थापाले त भदौ १४ मै महामन्त्री पदमा लड्ने औपचारिक घोषणा गरिसकेका छन्। महामन्त्रीमा सहमहामन्त्री प्रकाशशरण महत, केन्द्रीय सदस्यहरू बालकृष्ण खाण, मिनेन्द्र रिजाल, चन्द्र भण्डारी, धनराज गुरूङ, रमेश लेखक, एनपी साउद, सरिता प्रसाईंलगायतले पनि तयारी गरिरहेका छन्, तर उनीहरूले औपचारिक घोषणा गरेका भने छैनन्।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार