सोमवार, श्रावण २५ गते २०८३

महासंघमा धमाधम उम्मेदवारी, उपाध्यक्षमा यी हुन ज्योत्सना श्रेष्ठका समूह

सोमवार , चैत्र २३, २०८२

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको आगामी नेतृत्वका लागि उम्मेदवारी दिने क्रम सुरु भएको छ । यसअघि वस्तुगततर्फको समूहले उम्मेदवारी दिएकोमा एसोसिएटतर्फ पनि समूह बनाएर उम्मेदवारी घोषणा हुन थालेको छ । 


चैत ३० गते हुने निर्वाचनका लागि एसोसिएट उपाध्यक्षको उम्मेदवार ज्योत्स्ना श्रेष्ठको समूहले आइतबार उम्मेदवारी दर्ता गराएको छ ।

एसोसिएटतर्फको कुल १९ जना सदस्यका लागि अविनाश बोहोरा, अम्बिका शर्मा लामिछाने, बटु लामिछाने, बलराम सापकोटा, भरत रानाभाट, देशबन्धु बस्नेत, गोपाल खनाल, जमुना श्रेष्ठले उम्मेदवारी दिएका छन् । 

त्यस्तै जयस श्रेष्ठ, रामराजा श्रेष्ठ, डा. रामशरण थपलिया, राजकुमार तिमिल्सिना, शोभा ज्ञवाली, सन्दीप अग्रवा, शैलेन्द्र गुरागाईं, सुनीलनारायण श्रेष्ठ, सचिन ढकाल, ई. विनोद ढकाल र चन्द्र ढकालले उम्मेदवारी दिएको महासङ्घले जनाएको छ ।    

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार