काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कार्यवाहक अध्यक्ष रामबहादुर थापा (बादल) ले विशेष महाधिवेसनको माग गर्दै हस्ताक्षर अभियान सञ्चालन गरेका नेता कार्यकर्तालाई अभियान रोक्न निर्देशन दिएका छन् ।
पार्टी नेतृत्वको निर्देशन अवज्ञा गर्दै अभियानलाई जारी राख्ने हो भने कारवाही भोग्न तयार रहन पनि बादलले चेतावनी दिएका छन् ।
विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान चलाएका नेताहरूलाई मंगलबार पार्टी कार्यालय च्यासलमा बोलाएर हस्ताक्षर अभियान तत्काल नरोके कारबाही गर्ने सम्मको चेतावनी दिएका हुन् ।
विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान चलाइरहेका एमाले बुद्धिजीवी परिषद् अध्यक्ष गजेन्द्र थपलिया, अनेरास्ववियुका उपमहासचिव कमल जोशीलगायतलाई पार्टी कार्यालयमा बोलाएर हस्ताक्षर अभियान तत्काल रोक्न निर्देशन दिएको एक नेताले बताए ।
छलफलका क्रममा कार्यवाहक अध्यक्ष बादलले पार्टीले भनेको नमोनमा पार्टीले अभियानलाई दबाउने र यसको परिणाम नराम्रो हुने चेतावनी दिएका थिए ।