आइतवार, आश्विन २५ गते २०८३

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै परेको रिट सर्वोच्चद्वार खारेज

बिहिवार , भाद्र २४, २०७८

काठमाडौं। नेपाली कांग्रेसको १४ औं महाधिवेशन रोक्न माग गर्दै परेको रिट खारेज भएको छ। सर्वोच्च अदालतले कोरोना महामारीका बेला नेपाली कांग्रेसको महाधिवेशन नगर्न माग गर्दै दायर भएको रिट न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले खारेज गरिदिएको हो।

कांग्रेस बागमती प्रदेश सभा सदस्य रहेका नरोत्तम वैद्यले गत हप्ता रिट दायर गरेका थिए। वैद्यले कोरोना महामारी भएकाले महाधिवेशन केही समय पर सार्न माग गरेका थिए।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार