मंगलवार, आश्विन १३ गते २०८३

सत्तारुढ गठबन्धनबीच भयो सहमति, मन्त्रिपरिषद विस्तार कहिले ?

बिहिवार , भाद्र २४, २०७८

काठमाडौं। बिहिबार बसेको सत्तारुढ गठबन्धन दलका नेताहरुको बैठकमा एक/दुई दिनमै मन्त्रिपरिषद विस्तार गडर्ने सहमति बनेको छ। सरकार गठन भएको लामो समय भैसक्दा समेत मन्त्रिपरिषदले पुर्णता पाउन सकेको छैन। 

यहीबीचमा बिहीबार नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलबीच भएको छलफलमा यस्तो समझदारी बनेको हो।

उक्त बैठकमा गृहमन्त्री बालकृष्ण खाण, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कांग्रेस सचेतक पुष्पा भुसाल, महान्यायाधीवक्ता खम्मबहादुर खाँतीलगायत पनि थिए।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार