बुधवार, आश्विन १४ गते २०८३

हिरासतमुक्त भएपछि ओलीले भने–मुद्दा चलाउने आधार नपुगेपछि रिहा भएको छु

बिहिवार , चैत्र २६, २०८२

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाई १३ दिनसम्म गैरकानुनी नियन्त्रणमा राखको दाबी गरेका छन् । 


१३ दिनसम्म हिरासमा राख्दा पनि मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः आफू रिहा भएको उनले बताएका छन् । विहिबार रिहा भएपछि सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गर्दै ओलीले आफ्नो रिहाइका लागि आवाज उठाउनुहुने सम्पूर्णमा आभार प्रकट गर्दै धन्यवाद दिएका छन् । 

उनले लेखेका छन– न्यायप्रेमी दिदीबहिनी तथा दाजुभाइहरू, कानुनी लडाइँमा अहोरात्र साथ दिनुहुने कानुन व्यवसायी मित्रहरू, न्यायकर्मीहरु, न्यायको पक्षमा वकालत गर्ने विभिन्न राजनीतिक दल, नेताहरू र सञ्चारकर्मीहरूप्रति आभार प्रकट गर्दछु। साथै, परमादेश जारी गर्ने सम्मानित सर्वोच्च अदालतप्रति उच्च सम्मान व्यक्त गर्दछु ।

प्रहरी नियन्त्रणमा रहँदा आफूलाई मानवीय व्यवहार गर्ने प्रहरी प्रशासन र स्वास्थ्योपचारमा तल्लीन त्रिवि शिक्षण अस्पताल परिवारप्रति पनि उनले कथज्ञता व्यक्त गरेका छन् । साथै, आफ्नो रिहाइको माग गर्नेहरूमाथि चर्को दमन गरी घाइते बनाएका सबै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना ओलीले गरेका छन् ।  

आफ्नो रिहाईको माग गर्दा घाइते भएकाहरुको उपचार खर्च राज्यले बेहोर्नु पर्ने बताउँदै ओलीले यसमा राज्य उदासीन भए पार्टीले उपचार खर्च बेहोर्ने जानकारी पनि गराएका छन् । 

प्रतिकूल स्वास्थ्य अवस्थाका कारण केही दिन अस्पतालमै रहेर उपचार गराउने जानकारी गराउँदै उनले भनेकाछन्, यस घडीमा सद्भाव र शुभेच्छा प्रकट गर्नुहुने पार्टीका समग्र नेता–कार्यकर्ता एवं समस्त शुभचिन्तकहरूमा हार्दिक आभार व्यक्त गर्दछु ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार