आइतवार, आश्विन २५ गते २०८३

‘प्रचण्ड’लाई भेट्न एमसीसी उपाध्यक्ष फातिमा खुमलटार

शुक्रवार , भाद्र २५, २०७८

काठमाडौं। एमसीसी उपाध्यक्ष फातिमा सुमार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगेकी छिन्।

केहीबेर अघि उनी प्रचण्ड भेट्न खुमलटारस्थित निवास पुगेकी हुन्। प्रचण्डसँग भेटेर उनले एमसीसी पारित हुन वातावरण बनाउन आग्रह गर्नुका साथै प्रचण्डलाई एमसीसीबारे विश्वस्त गराउन प्रयास गर्ने छिन्।

हिजो नेपाल आएकी उनले एमाले अध्यक्ष केपी ओलीबाट भेटवार्ता सुरु गरेकी थिइन् भने नेकपा एसका अध्यक्ष माधव कुमार नेपालसँग पनि भेट गरेकी थिइन्। आजै उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत भेट्दैछिन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार