बुधवार, आश्विन १४ गते २०८३

श्रममन्त्री साह हटाइए, स्वास्थ्य मन्त्री मेहतालाई सचेत

बिहिवार , चैत्र २६, २०८२

काठमाडौं । मन्त्रिमा नियुक्त भएकै दिनदेखि विवादमा आएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साहलाई बर्खास्त गरिएको छ । पटक पटक विवादमा आएपछि उनलाई पार्टीले मन्त्रिको जिम्मेवारीबाट हटाउनृ निर्णय गरेको हो । 


पछिल्लो समय उनले श्रीमती जुनु श्रेष्ठलाई स्वास्थ्य विमा बोर्डमा नियुक्ति दिएको चर्चा थियो । यसअघि पनि विमा बोर्डको सदस्य भएर पनि लामो समयदेखि बैठकमा अनुपस्थित रहेकी उनकी श्रीमती कानुनत स्वत कारवाहीमा परेकी थिईन् । पार्टी सभापति रवि लामिछानेले विज्ञप्ति जारी गरेर साहलाई जिम्मेवारीबाट हटाइएएको र स्वास्थ्य विमा बोर्डमा नियुक्त गर्ने स्वास्थय मन्त्री निशा मेहतालाई सचेत गराइएको सभापति लामिछानेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

त्यस्तै मन्त्री साह परामर्श व्यवसायीमा संलग्न भएको समयमा पनि विवादित पात्र हुन् । उनी एमबिबिएस परीक्षा पास गराइदिने भन्दै ठगी गरेको आरोपमा २०७३ असोज १६ गते ठगी मुद्दामा पक्राउ परेका थिए । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ मा उनी महोत्तरी–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उम्मेदवार बनेर निर्वाचित भएका थिए । 

उनका विषयमा आएका विवादित विषयलाई पार्टीले अध्ययन गरिरहेको र आवश्यक परे जतिबेला पनि फिर्ता गर्ने विषयमा छलफल भइरहेको पार्टी स्रोतले जनाएको छ ।

rasopa.jpg
undefined

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार