बुधवार, आश्विन १४ गते २०८३

राष्ट्रिय योजना आयोगको सदस्यमा ६ जना नियुक्त

बिहिवार , चैत्र २६, २०८२

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगमा ६ सदस्य नियुक्त गरेको छ । योजना आयोग सदस्यमा अर्जुनजंग थापा, प्रा. डा. सञ्जय आचार्य, डा देवेन्द्र गौचन, रेशु अर्याल, प्रा. डा. सुदन झा र डा पुकार मल्ल नियुक्त भएका हुन् ।

सदस्य नियुक्त थापा भौतिक मन्त्रालयका पूर्वसचिव हुन् भने प्रा. डा आचार्य त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापक हुन् ।

त्यस्तै डा. गौचन ‘इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज )आईआईडीएस) का सिनियर फेलो हुन् । अर्याल शिक्षाविद् हुन् । उनी  यसअघि बालेन शाह काठमाडौं महानगरका मेयर रहँदा सल्लाकारको भूमिकामा थिइन् ।

 झा काठमाडौं विश्वविद्यालयका कम्प्युटर साइन्स एन्ड इन्जिनियरिङका प्राध्यापक हुन् भने डा. मल्ल गभर्नेन्स ल्याबका सहसंस्थापक तथा अध्यक्ष हुन् । उनी नेपाल लिडरसिप एकेडेमीका  कार्यकारी कोच पनि हुन् ।

यसअघि सरकारले योजना आयोग उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार