आइतवार, श्रावण २४ गते २०८३

अन्तिम समयमा आएर रोकियो उद्योग वाणिज्य  महासंघको चुनाव

बिहिवार , चैत्र २६, २०८२


काठमाडौं । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको ६० औँ साधारणसभा र निर्वाचन प्रक्रिया तत्कालका लागि रोकिएको छ । 
  उच्च अदालत पाटनका न्यायाधीशद्वय खड्कबहादुर केसी र दीपक खनालको संयुक्त इजलासले बिहीबार रिट निवेदकको माग बमोजिम रोक्न अदालतले आदेश दिएसँगै आगामी शनिवार हुने लागेको चुनाव स्थगन भएको हो । 

चैत २२ गते नेपाल पेट्रोलियम ढुवानी महासंघले दायर गरेको रिटमा २३ गते न्यायाधीश स्वीकृति पराजुलीको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेकोमा बिहीबारको इजलासले अन्तरिम आदेशसहित निरन्तरता दिएको हो।

पेट्रोलियम ढुवानी महासंघलाई उद्योग वाणिज्य महासंघको सदस्यता दिए पनि भोट हाल्ने अधिकार नदिएपछि अदालत गएको र मतदान अधिकार नदिने गरि महासंघले रोक लगाउन नमिल्ने आदेश भएको पेट्रोलियम ढुवानी महासंघका महासचिव विश्व अर्यालले जानकारी दिए । अदालतले आफूहरूलाई पनि मतदानको अधिकारसहित सहभागी गराएर अधिवेशन गर्न भनेको उनको भनाइ छ ।

महासंघको साधारण सभा हुँदा निवेदकहरूलाई समेत असर पर्ने देखिँदा सो निर्णय नभएसम्म संस्थाको साधारणसभा नगर्न नगराउन अन्तरिम आदेश जारी गरेकोले उनीहरूलाई पनि सहभागी मतदानमा सहभागी गराउने निर्णय गरेर महासंघ अघि बढ्ने उनको भनाइ छ।

प्रतिक्रिया
सम्बन्धित समाचार