बुधवार, आश्विन १४ गते २०८३

पूर्वाग्रही प्रतिवेदनको आधारमा फौजदारी अभियोग लगाईयो –लेखक

शुक्रवार , चैत्र २७, २०८२

काठमाडौं । पूर्व गृहमन्त्री रमेश लेखकले आफूलाई पूर्वाग्रही प्रतिवेदनको आधारमा फौजदारी अभियोग लगाएको बताएका छन् । विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित आयोगको प्रतिवेदनको आधारमा फौजदारी अभियोग लगाइएको लेखकले दाबी गरेका हुन् । 

सर्वोच्च अदालतको परमादेशका आधारमा १३ दिने प्रहरी हिरासतबाट रिहा भएको एक दिनपछि सामाजिक सञ्जाल फेसबुकमा लेख्दै लेखकले भनेका छन्, गत भाद्र २३ र २४ गतेको घटनाका सन्दर्भमा गठित आयोगको पूर्वाग्रही, प्रतिशोधपूर्ण, अपूर्ण र अप्रमाणित प्रतिवेदनको आधारमा  फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु, । 

उनले आफ्नो रिहाइका लागि आवाज उठाउने सबैप्रति आभार पनि व्यक्ति गरेका छन् । नेपाली कांग्रेसका नेता लेखकले कानुन पालना गर्ने र न्यायमा विश्वास गर्ने भन्दै बाँकी कानुनी र राजनीतिक लडाइँ जारी रहने बताएका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार