काठमाडौं । कानुन व्यवसायीहरूले पुरानै पद्धतीबाट सिंहदरबार प्रवेश गर्न पाउने भएका छन् । यसअघि उनीहरुले परिचयपत्र देखाएर सिंहदरबार प्रवेश गर्दै आएका थिए ।
तर, सरकारले आइतबारदेखि कानुन व्यवसायीहरूले पनि सिंहदरबार प्रवेश गर्नका लागि गेट पास लिनुपर्ने व्यवस्था गरेको थियो । प्रवेश पास लिनुपर्ने व्यवस्थाको विरोध भएपछि परिचयपत्रकै आधारम सिंह दरबार जान अनुमति दिइएको हो ।
सरकारले अब सिंहदरबार प्रवेशका लागि मापदण्ड समेत बनाउने तयारी गरेको छ । सिंहदरबार प्रवेशमा रोक लगाएपछि नेपाल बार एसोसियसनले प्रधानमन्त्री बालेन शाहसमेतलाई सहजीकरण गरिदिन भनेर पत्र लेखेको थियो।