काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा नियुक्त हुनुभएका रामजी यादवको सपथग्रहण आजै हुने भएको छ ।
उनीहरूले राष्ट्रपति भवनमा आयोजित एक समारोहबीच राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको।