बुधवार, आश्विन १४ गते २०८३

पाँच हजार लिटर मोही निशुल्क वितरण, बजारमा मागसँगै खपत बढ्दै

शनिवार , चैत्र २८, २०८२

काठमाडौं । दोस्रो मोही दिवसको अवसरमा शनिवार मुलुकभर पाँच हजार लिटर मोही निशुल्क वितरण गरिएको छ ।

नेपाल डेरी एसोेसिएसन र प्रदेशमा रहेका स्थानीय डेरी उद्योगीको आयोजनामा उपत्यका सहित दशैभर विभिन्न चोक, सार्वजनिक स्थल, अस्पताल, ट्राफिक कार्यलयमा निशुुल्क मोही वितरण गरिएको हो ।

‘मोहीको विश्वास, स्वास्थ्यको विकास, घरघरमा फैलाऔ अभियानको प्रयास’ भन्ने अभियानका साथ दोस्रो राष्ट्रिय मोही दिवस दैशैभरी मनाइएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य नरेशलाल श्रेष्ठले नेपाली दूध तथा दुग्ध पदार्थको निर्यातमा ठूलो सम्भावना रहेको बताए । महासंघको निर्यात प्रवर्द्धन समितिका सभापतिसमेत रहेका श्रेष्ठले भने, ‘गर्मी मौसममा मोहीको खपत बढाउन सके यसले नेपाली दूधको खपतमा योगदान पुर्‍याउँछ र अर्थतन्त्रलाई टेवा दिन्छ ।’

6ae91798-bb90-48de-8d29-6e06b7927b79.jpg

महासंघको कृषि उद्यम केन्द्रका सभापति डिबी बस्नेतले मोही किसानको पसिनासँग जोडिएको वस्तु भएको चर्चा गर्दै यसको प्रबर्द्धन एसोसिएसनले खेलेको भूमिकाको प्रशंसा गरे । रुद्राक्ष व्यवसायी संघका अध्यक्ष मनोज चापागाईंले पछिल्लो समय मोहीप्रति उपभोक्ताको आकर्षण बढ्नु सुखद पक्ष भएको धारणा राखे ।

कार्यक्रममा नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले मोही प्रवर्द्धन अभियान सफल भएकोमा खुसी व्यक्त गरे । हाल देशभर दर्जनौं कम्पनीले मोहीलाई आधुनिक प्याकेजिङ गरेर बिक्री सुरु गरिसकेको र आगामी दिनमा यो संख्या अझै बढ्ने उनले जानकारी दिए । एसोसिएसनका वरिष्ठ उपाध्यक्ष दिपप्रसाद धमलाले यो अभियानलाई निरन्तरता दिइने भन्दै सरकारले पनि यो दिवसलाई अपनत्व लिनुपर्ने माग गरे । 

एसोसिएसनले दुुई वर्ष अघिदेखि मोहीको प्रवद्र्धन गर्ने उदेश्यले निशुुल्क वितरण गदै आएको छ । चियो पेय पदार्थको तुुलनामा मोही स्वास्थ्यका लागि लाभदायक हुुने भएकाले पनि यसको उपभोग बढाउन आवश्यक रहेको उनँको भनाई छ ।

पछिल्लो समय विहे, वर्तवन, पार्टी प्यालेसमा चिसो पेय पदार्थको सट्टा मोही राख्ने चलन बढ्दै गएको छ । मोही स्वास्थ्यको लागि लाभदायक मानिन्छ । गर्मीबढेसँगै बजारमा मोहीको मागसँगै खपत बढ्दै गएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार