काठमाडौं । धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो नमूना सफा तथा स्वच्छ गाउँपालिका घोषणा हुने भएको छ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल आज नमूना पालिका घोषणा गर्ने कार्यक्रम छ ।
अर्याल सभामुखमा निर्वाचित भएपछि पहिलोपटक गृह जिल्ला धादिङ गएर उक्त घोषणा गर्न लागेका हुन् । अर्याल धादिङको ज्वालामुखी गाउँपालिका ३ का स्थायी बासिन्दा हुन् । तर, गत निर्वाचनमा काठमाडौं– ९ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए ।