आइतवार, श्रावण २४ गते २०८३

उद्योग वाणिज्य महासंघको निर्वाचन वैशाख तेस्रो साता हुने

आइतवार , चैत्र २९, २०८२

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६० औं वार्षिक साधारणसभा आगामी वैशाख २१ र २२ गते हुने भएको छ ।  महासंघ पदाधिकारीको बैठकले उच्च अदालतको अन्तरिम आदेशका कारण रोकिएको साधारणसभा वैशाख २१ र २२ गते गर्ने निर्णय गरेको हो ।

चैत्र २९ र ३० गतेका लागि तय भएको ६०औं वार्षिक साधारणसभा एवं निर्वाचन उच्च अदालत पाटनको अन्तरिम आदेशले स्थगित भएको थियो ।

न्यायाधीश खड्कबहादुर केसी र दीपक खनालको संयुक्त इजलासले बिहीबार महासंघलाई साधारणसभा नगर्न अन्तरिम आदेश जारी गरेकोपछि रोकिएको थियो । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ लगायतले महासंघको साधारणसभा रोक्न माग गर्दै उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।

साधारणसभा हुँदा निवेदकहरूलाई समेत असर पर्ने देखिँदा सो निर्णय नभएसम्म संस्थाको साधारणसभा नगर्नु, नगराउनु भनी उच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि महासंघको साधारणसभा र निर्वाचन प्रक्रिया पनि स्थगित भएको हो।

 

प्रतिक्रिया
सम्बन्धित समाचार