काठमाडौं। नेपाल प्रहरीले विभिन्न रिक्त पदहरुमा दरखास्त आव्हान गरेको छ। प्राविधिक समूह अन्तर्गत रिक्त पदहरुमा दरखास्त आह्वान गरिएको प्रहरी प्रधान कार्यालयको मानवस्रोत एवम् प्रशासन विभागले शुक्रबार सुचना प्रकाशन गरेको छ।
इच्छुक र योग्यता पुगेका उम्मेदवारले भदौ २८ गतेदेखि कात्तिक ७ गतेसम्म आवेदन दिन सक्नेछन्। सूचना अनुसार नेपाल प्रहरी अस्पताल, सञ्चार निर्देशनालय, सूचना प्रतिनिधि निर्देशनालय, भौतिक पूर्वाधार निर्देशनालय, केनाइन महाशाखा, हातहतियार शाखा र केन्द्रीय विधि विज्ञान प्रयोगशालामा भर्ना खुला गरिएको हो।