बुधवार, आश्विन १४ गते २०८३

आज पूर्वप्रधानमन्त्री ओलीको शल्यक्रिया हुँदै

सोमवार , चैत्र ३०, २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीको शल्यक्रिया आज हुँदैछ । पूर्वतयारी अनुसार नै ओलीलाई अपरेसन थिएटरमा लगिएको छ । ओलीको पित्तथैलीमा २२ एमएमको ढुंगा रहेको छ । डा.पलेस्वाँ जोशी लाखे नेतृत्वको टोलीले उनको शल्याक्रिया गरेर पित्तथैलीमा रहेको पत्थरी निकाल्ने छ । 

यसअघि नयाँ सरकार गठन भएको भोलिपल्ट नै ओली जेनजी आन्दोलन दमन गरेको आरोपमा प्रक्राउ परेका थिए । पक्राउ परेको दिनदेखि नै उनी त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए ।सर्वोच्च अदालतले २३ चैत बेलुका पूर्वप्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथिको अनुसन्धान २६ चैत बिहीबारभित्र टुंग्याउन आदेश दिएको थियो ।सर्वोच्चले बिहीबारसम्म पनि अनुसन्धान टुंगिन नसकेमा शर्तसहित छाड्न आदेश दिएको थियो ।थुनामुक्त भए पनि शल्यक्रिया गर्नु पर्ने भएकोले उनी अस्पतालमै थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार