काठमाडौँ । अत्यासलाग्दो सम्पत्रि विवरण पेश गरेपछि चर्चामा आएको गृहमन्त्री सुदन गुरुङले आफ्नो सम्पत्तिको बचाउ गर्नेगरि स्पष्टकरण दिएका छन् ।
उनले सोमबार स्ट्याटस लेखेको फेसबुक स्टोरीमार्फत भनेका छन, ‘तिमी जन्मदै गरिब जन्मिनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरीब मर्नु त्यो तिम्रो गल्ती हो ।’ आफैँले पेश गरेको विवरण अनुसार उनले सुनचाँदीदेखि घरजग्गासम्म ठूलो परिमाणमा जोड्न भ्याइसकेका छन् । उनले आफूसँग ८९ तोला सुन र ६ किलो चाँदी रहेको जनाएका छन् ।
सम्पत्ति विवरण अनुसार उनको गोरखामा २२१ रोपनी जग्गा छ । यो जग्गा आफ्नो पैतृक भएको र हजुरबाको नाममा रहेको गुरुङले जनाएका छन् । यस्तै, चितवनको भरतपुरमा ३० कठ्ठा जग्गा बुवाको नाममा रहेको छ । गुङको आफ्नै नाममा धनकुटामा १९ रोपनी १५ आना जग्गा पनि छ ।
गृहमन्त्रीको सेयर पोर्टफोलियो पनि उत्तिकै बलियो छ । उनले विभिन्न कम्पनीमा ४ करोड ३० लाख बराबरको सेयर लगानी गरेका छन् । तीन वटा बैंक खातामा ६२ लाख रूपैयाँभन्दा बढी बचत छ ।