काठमाडौं । सांसदहरुलाई स्वकीय सचिव सुविधा दिने विषय फेरि उठेको छ । सोमबार पूर्व सभामुखहरु र नव निर्वाचित सभामुख डोलप्रसाद अर्याललबीच भएको छलफलमा यो विषय उठेको हो ।
पूर्व सभामुख देवराज घिमिरे र अग्निप्रसाद सापकोटासँग सभामुख अर्यालले आज सिंहदरबारमा भेटघाट गरेका थिए । भेटमा संसद सचिवालय र सभामुखको सचिवालय बलियो बनाउन सुझाव दिएको सभामुखको सचिवालयले जनाएको छ ।