काठमाडौं । प्रधानमन्त्री, गृहमन्त्री लगायत मन्त्रिपरिषद्का अन्य सदस्यहरुको सम्पत्तिको आयस्रोत खुलाउन माग गर्दै युवाहरुले सोमबार राजधानीम प्रदर्शन गरेका छन् । उीहरुले सम्पत्तिको आम्दानीको स्रोत खुलाउनुपर्ने र त्यसो नगरिए आफूहरुलाई मान्य नहुने चेतावनी दिँदै प्रदर्शन गरेका हुन् ।
उनीहरुले प्ले कार्डमा सुनखानी प्रधानमन्त्री, शेयरखानी गृहमन्त्री, झण्डा निलो, मन्त्रिपरिषद् पहेलो, मन्त्रीहरुलाई सुनको बहार, जनतालाई महंगी उपहार लगायतका प्ले कार्ड बोकेर प्रदर्शन गरेका थिए ।