आइतवार, आश्विन २५ गते २०८३

डडेलधुरामा विवादकैबीच कांग्रेसको वडा अधिवेशन गर्न लागिएपछि पौडेलले यसो भन्छन्

शुक्रवार , भाद्र २५, २०७८

काठमाडौं। क्रियाशिल सदस्याता विवाद रहेको डडेलधुरामा वडा अधिवेशन गर्ने तयारी गरिउपछि कांग्रेस उपसभापति रामचन्द्र पौडेलले आपत्ति जनाएका छन्। डडेलधुरा नेपाली कांग्रेसका पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला हो।

पार्टी सभापतिको गृहजिल्लामै जिल्ला सभापति तथा जिल्ला कार्यसमितिको सहमति र सहभागिता वेगर प्रशासनीक शक्तिको दुरुपयोग गरी नेपाली कांग्रेसको वडा अधिवेशन गराउनु लोकतन्त्रकै उपहास रहेको सामाजिक संजाल फेसबुकमा लेखेका छन्। 

पौडेलले नेपाली कांग्रेस पार्टीको इतिहासमै आन्तरीक निर्वाचनमा यसरी शक्तिको दुरुपयोग हुनु आपत्तिजनक र खेदजनक रहेको भन्दै महाधिवेशनको लागि यो शुभसंकेत नरहेको भनेका छन्। उनले पार्टीको यस्तो कामलाई पार्टीको सिद्धान्त र निष्ठा लोकतन्त्र तर व्यवहार भने अलोकतान्त्रिक रहेको उल्लेख गरेका छन्। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार