बुधवार, आश्विन १४ गते २०८३

बुधबार समानुपातिक तर्फका सांसदसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्री शाह

मंगलवार , बैशाख १, २०८३

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सबै पार्टीको तर्फबाट संघीय संसदमा प्रतिनिधित्व गर्नुहुने समानुपातिक सांसदहरूसँग बुधबार अन्तरक्रिया गर्ने भएका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार उक्त कार्यक्रम मध्याह्न १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिहदरवारमा आयोजना हुँदै छ । कार्यक्रममा सांसदहरूले आ–आफ्ना क्लस्टरका समस्या, चुनौती तथा समाधानका उपायबारे प्रत्यक्ष रूपमा धारणा प्रस्तुत गर्नेछन् ।

यस अन्तरक्रियामार्फत जनप्रतिनिधि र कार्यपालिकाबीच प्रत्यक्ष संवाद स्थापित गरी नीति निर्माण तथा कार्यान्वयनलाई थप प्रभावकारी बनाउने उद्देश्य राखिएको छ ।

कार्यक्रमलाई सुशासन, उत्तरदायित्व र जनमुखी शासन प्रणाली सुदृढ गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको प्रधानमन्त्री कार्याले जनाएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार