काठमाडौं । सभामुख डीपी अर्यालको गाडीले सवारी नियम उल्लंघन गरेको छ । अर्यालको गाडीले थापाथलीस्थित सडकमा ट्राफिक नियम उल्लघंन गरेको हो । नियम उल्लंघन गरेपछि अर्यालको सवारीमा खटिएको तीन वटा गाडीलाई चिट काटिएको हो ।
थापाथलीमा ट्राफिक नियम उल्लघंन गरेर सभामुखको गाडी सिंहदरबार पुगेको थियो । ट्राफिक प्रहरी सिंहदरबारमै गएर चिट काटेको हो ।