काठमाडौं । भदौ २३ र २४ गतेको जेन जी समूहको नाममा भएको आन्दोलनबारे जाँचबुझ गर्न गठन गरिएको गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन संघीय संसद् सचिवालयमा पुगेको छ ।
आयोगले २४ फागुन २०८२ मा प्रतिवेदन सरकारलाई बुझाएको थियो । तत्कालीन सरकारले सार्वजनिक गर्ने निर्णय गरेको थियो ।
आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई फौजदारी कसुरमा कारबाही सिफारिस गरेको थियो । उक्त प्रतिवेदन संसद् सचिवालयको पुस्तकालयमा रहनेछ ।
गत भदौ २३ र २४ गते जेनजी आन्दोलन भएको थियो । जेनजी आन्दोलनमा भएका घटना र सरकारी पक्षबाट भएको भनिएको दमनबारे छानबिन गर्न सरकारले कार्कीको नेतृत्वमा ५ असोज २०८२ मा तीन सदस्यीय आयोग गठन गरेको थियो ।
आयोगको सदस्यमा पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वर भण्डारी थिए ।