सार्वजनिक लेखा समितिको सभापतिमा साझा उम्मेदवार उठाउने विषयमा छलफल गर्न प्रतिपक्ष दलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बैठक बसेको हो ।
सार्वजनिक लेखा समितिको सभापति विपक्षी दललाई विगतमा अभ्यास थियो । यसअघि चैत २७ गते प्रतिनिधिसभाको सबै समिति गठन भएका थिए । त्यसका लागि सत्ताको नेतृत्व गरेको रास्वपाले संसदीय समितिका सभापति छान्नका लागि बैठक बोलाएको थियो । तर रास्वपाले सार्वजनिक लेखा समितिको सभापति श्रम संस्कृति पार्टीलाई दिने सम्भावना बलियो छ ।
बैठकमा एमालेबाट गुरु बराल र पदमा अर्याल, माओवादीबाट वर्षमान पुन र युवराज दुलाल, कांग्रेसबाट भीष्म आङदेम्बे र मोहन आचार्य सहभागी छन् ।