बुधवार, आश्विन १४ गते २०८३

लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपा निर्णय

बिहिवार , बैशाख ३, २०८३

काठमाडौं । लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाले निर्णय गरेको छ । सिंहदरबारमा बसेको संसदीय दलको बैठकले उक्त निर्णय लिएको हो । प्रतिनिधिसभाका संसदीय समितिका सभापतिका लागि आज मनोनयन दर्ता हुँदैछ ।

उता कांग्रेसले लेखा समितिको सभापतिमा मोहन आचार्यलाई अघि सार्ने तयारी गरेको छ । यसैबीच लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेस उम्मेदवारलाई सघाउने निर्णय भएको नेकपा प्रमुख सचेतक युवराज दुलालले जानकारी दिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार