काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संघीय संसद्को संयुक्त सुनुवाइ समितिको सभापतिमा बोधनारायण श्रेष्ठलाई बनाउने निर्णय गरेको छ ।
रास्वपा संसदीय दलको बैठकले उनलाई सुनुवाइ समितिको सभापति बनाउने निर्णय गरेको हो । उनी धादिङ २ बाट निर्वाचित सांसद हुन् ।