बुधवार, आश्विन १४ गते २०८३

कांग्रेस आधिकारिकता मुद्दामा विश्वप्रकाशले बहस गर्ने

शुक्रवार , बैशाख ४, २०८३

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीआधिकारिकताको मुद्दामा सर्वोच्च अदालतमा आज विपक्षीबाट बहसमा भाग लिने भएका छन्। विशेष महाधिवेशनलाई मान्यता नदिन कांग्रेस पूर्वसभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमा बिहीबारदेखि सुनुवाइ भइरहेको छ ।

न्यायाधीशद्वय सारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासमा भएको बहसमा बिहीबार खड्का पक्षधरका कानुन व्यवसायीले धारणा राखेका थिए । आज शुक्रबार विशेष महाधिवेशनको पक्षबाट बहसमा भाग लिनेहरूको लागि समय छुट्याइएको छ।

विपक्षीको तर्फबाट बहसमा स्वयं उपसभापति शर्मा सहित कानुन व्यवसायीहरूले विचार राख्ने भएका छन् ।विशेष महाधिवेशनलाई मान्यता नदिन दायर गरेको रिटमा सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा र निर्वाचन आयोगलाई विपक्षी बनाइएको छ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार