काठमाडौं। सरकारले चालु आर्थिक वर्षको बजेटलाई परिमार्जन गरेर संसोधित बजेट ल्याएको छ। बजेट अध्यादेशले ल्याएको बजेट अंकलाई परिमार्जन गर्दै सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटको प्रतिस्थापन विधेयक ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले नेकपा एमालेका सांसदको नारावाजी र अवरोधका बीच बजेट प्रस्तुत गरे।
अध्यादेशमार्फत प्रस्तुत भएको बजेटको तुलनामा १६ अर्ब ७४ करोड रूपैयाँले बजेटको आकार घटाइएको छ। यसअघि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट प्रस्तुत गरिएको थियो। अर्थमन्त्री जनार्दन शर्माले बजेटमार्फत ऋणको लक्ष्य पनि ३७ अर्बले घटाएका छन्।
संशोधित बजेट ( पूर्ण पाठसहित) ।