बुधवार, आश्विन १४ गते २०८३

सर्वोच्चको आदेशपछि कांग्रेसको देउवा पक्षलाई झट्का, असन्तुष्टलाई समेट्न गगन पक्षलाई चुनौती

शनिवार , बैशाख ५, २०८३

काठमाडौँ । सर्वोच्च अदालतको फैसलासँगै नेपाली कांग्रेसमा शेरवहादर देउवा र गगन थापा दुवै पक्षमाथि चुनौती थपिएको छ । अदालतको आदेशसँगै यसअघिका सभापति शेरवहादुर देउवा पक्षले माग गरेको आधिकारिकतासम्बन्धी विवाद टुंगिएको छ ।

 
किनकी अदालतले विशेष महाधिवेसनबाट सभापति चुनिएका गगनले नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको पक्षमा फैसला गरेको छ ।

शुक्रबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले थापा नेतृत्वका कार्यसमितिको पक्षमा फैसला गरेको हो ।  यससँगै आधिकारिकताको दाबी गर्दै आएको शेरबहादुर देउवा पक्षलाई झट्का लागेको छ ।

यससँगै गगन थापा पक्षले आधिकारिकता पाएसँगै उनीहरुमाथि असन्तुष्ट पक्षलाई समेट्ने चुनौती पनि थपिएको छ । करिव आठ महिनापछिको उकुसमुकुसलाई अदालतले टुंग्याइदिएपछि कार्यकर्तामा भने प्रशन्नता छाएको छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार