वुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय रुपन्देहीमा सुब्बा पदमा कार्यरत ओम बहादुर खाम्चालाई पाँच लाख पचास हजार रुपियाँ नगदसहित नियन्त्रणमा लिएको छ ।
आयोगले खाम्चालाई दुई लाख रुपियाँ घुससहित र तिन लाख पचास हजार रुपियाँ स्रोत नखुलेको रकमसहित नियन्त्रणमा लिएको हो ।
जग्गाको नयाँ स्रेस्ता कायम तथा नामसारी प्रयोजनको लागि सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा आयोगको वुटवल कार्यालयबाट गएको टोलीलले खाम्चालाई नियन्त्रणमा लिएको हो । उनीमाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।