बुधवार, आश्विन १४ गते २०८३

गाउँपालिका र नगरपालिकाको संख्या थपघट हुने

शनिवार , बैशाख ५, २०८३

काठमाडौं । हाल रहेका मुलुकभरका गाउँपालिका, नगरपालिका तथा वडाको संख्या हेरफेर हुने भएको छ । ती निकायको सीमा हेरफेरबारे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्ला समन्वय समिति, स्थानीय तह तथा  सरोकारवाला निकायसँग सुझाव मागेको छ । 

मन्त्रालयले बैशाख ३ गतेलाई पत्राचार गर्दै जिल्ला समन्वय समिति महासंघ, नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघलाई बोधार्थ दिँदै सहजीकरणका लागि आग्रह गरेको छ ।


यस सम्बन्धमा कुनै राय सुझाव भए मन्त्रालयको इमेल ठेगानामा तीन दिनभित्र उपलब्ध गराईदिन मन्त्रालयले आग्रह गरेको हो ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार