काठमाडौ। केही दिनदेखि सरकारले नेपाल–भारत सीमा नाकामा भन्सार असुलीमा कडाइ गरेको छ । सय रुपैयाँभन्दा माथिको सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने भन्दै सशस्त्र प्रहरीले नाकाहरूमा माइकिङ गरी सर्वसाधारणलाई जानकारी गराइरहेको छ ।
भन्सार महसुल ऐन, २०८१ को दफा १३ को उपदफा (३) को अधिकार प्रयोग गरी सरकारले गत जेठ १५ गते देखि नै यात्रुका लागि यो नियम लागू गरेको थियो । तर, व्यवहारमा कडाइ गरिएको थिएन ।
पछिल्लो समय गृह मन्त्रालयको निर्देशनमा नाकाहरूमा कडाइ गरिएपछि सीमा क्षेत्रका बासिन्दा चिन्तित भएका छन् । सस्तो सामानको लोभमा सीमावर्ती क्षेत्रका अधिकांश नागरिक भारतीय बजारमा निर्भर छन् ।