बुधवार, आश्विन १४ गते २०८३

पदच्युतको हल्लासँगै  गृहमन्त्री गुरुङ भेटघाटमा व्यस्त, रास्वपाको बैठक पनि बस्दै

सोमवार , बैशाख ७, २०८३

काठमाडौँ । विवादास्पद व्यवसायी दिपक भट्टसँग उठबस गरेको प्रमाणहरु सार्वजनिक भएसँगै गृहमन्त्री सुधन गुरुङ दौडधुपमा व्यस्त भएका छन् ।

यसैक्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा गृहमन्त्री सुधन गुरुङले पार्टी सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन् । 

गुरुङ सम्पत्ति शुद्धीकरण मुद्दाका अभियुक्त दीपक भट्ट र व्यापारिक घराना शंकर ग्रुप लगायतसँग बिजनेस पार्टनर भएको खुलेसँगै उनी प्रश्नको घेरामा छन् । यहीबिचमा उनले सोमबार बिहान पार्टी सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका हुन् ।

उनी लामिछानेलाई भेट्न बुढानीलकण्ठस्थित निवास  पुगेको स्रोतले पुष्टि गरेको छ । गुरुङलाई कारबाही गर्ने सम्बन्धमा पार्टीभित्र उच्च नेताबिच छलफल भएपछि उनको दौडधुप बढेको छ ।

 उनलाई कारबाही गर्ने÷नगर्ने विषयमा आज दिउँसो बस्ने केन्द्रीय समिति बैठकले निर्णय लिने बताइएको छ ।  कारबाहीको सम्बन्धमा पार्टी अनुशासन आयोगले पनि आन्तरिक गृहकार्य थालेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार