काठमाडौं। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले कमेडि च्यापियन्सका प्रतिष्पर्धी भरणमणी पौडेललाई चुनौती दिएका छन्।
बाँस्कोटाले भरतमणीलाई मेस्सीको क्यारिकेचर गर्न नसक्ने टिप्पणी गरेका हुन्। नेता बाँस्कोटाले सामाजिक सञ्जालमा लेखेका छन ‘आज अर्जेन्टीना र बोलीभियाको खेल हेरेको थिइॅंन। भर्खर तानेर हेरेको क्या मिस गरेछु, भने बयान गरी साध्य छैन रे छ। गोल चै दाम्मी गरेछन मेस्सीले हैट ! नेपालका भरतमणीले हेरे कि नाइॅं? भरतमणीले जस्को क्यारीकेचर गरे पनि मेस्सीको चै सक्दैनन ल!'
भरतमणीले कमेडि च्याम्पियनको सुरुवातमा नेता बाँस्कोटाको क्यारिकेचर गरेर चर्चा कामएका थिए। अहिले उनी च्याम्पियनको मुख्य उपाधि दावेदार मानिएका छन्। उनी ताप्लेजुङबाट प्रतिस्पर्धामा सहभागी भएका हुन्।
उत्कृष्ट प्रस्तुतिको आधारमा उनलाई सिधै अन्तिम ३ मा लगिएको हो। उनी सँगै भारत सिक्किमका बिक्की अग्रवाल र गोरखाका सन्तोष थापा उत्कृष्ट ३ मा छन्। अब भोटका आधारमा २ असोजमा कमेडी च्याम्पियन छानिने छ।